रत्ननगरमा प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु

641

रत्ननगर १५ माघ । पूर्वी चितवनको रत्ननगरमा प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता मंगलवार देखि बाट सुरु भएको छ । रत्ननगर नगरपालिका,नगर स्तरीय खेलकुद विकास समितिले आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर विमला दुवाडीले खेलकुदको विकासका लागि नगरपालिकाले योजना बनाएर काम गरिएको बताइन । उनले वौदिकताको खेल बुद्धिचालमा विद्यार्थीहरुलाई सहभागी गराएर उनीहरुको बौदिकता उजागर गर्न लागिएको बताइन । जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा आयोजना गरिएको सो प्रतियोगितामा रत्ननगरका २१ वटा विद्यालयमा ४४ जना विद्यार्थीहरुको सहभागिता रहेको समितिका अध्यक्ष केशव आचार्यले बताए । दुई दिन सम्म चल्ने सो प्रतियोगितामा अंकका आधारमा खेलाडीहरुलाई विजय घोषित गरिने छ । प्रतियोगितामा प्रथम हुनेले ७ हजार,द्धितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार नगद पुरस्कार संगै शिल्ड र मेडल पाउने छन । प्रतियोगिताका संघका अध्यक्ष मोहन श्रेष्ठ,बुद्धिचालका जिल्ला स्तरका खेलाडीहरु सुरज जोशी,जुनानाथ सापकोटा निर्णायकको रुपमा रहेका छन ।