थारु चलचित्र ‘सङ्गहाती’को टिजर सार्वजनिक

263

पुजन लामिछाने
२८ कार्तिक, चितवन । थारु चलचित्र ‘सङ्गहाती’को टिजर आज डियर लव फिलिम्स्को युटुब च्यानल मार्फत सार्वजनिक गरियको छ । किशोर चौधरीको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र अनु चौधरीको स्वर रहेको छ । चलचित्रमा जितेन चौधरी र शोभा चौधरी फिचरिङ छ्न भने किशोर चौधरीको निर्देशन रहेको चलचित्रमा हरी शरण चौधरी, लक्ष्मण नेपाल, बिनिता चौधरी, भरत सर्राफ, भुलन चौधरी तथा अन्य कलाकारहरुको अभिनय रहेको छ । सांगेतिक प्रेम कथामा निर्माण भएको चलचित्र नेपालका विभिन्न क्षेत्रहरुका साथै भारतको राजस्थानमा समेत छायांकन गरीको यस चलचित्रलाई हरी शरण चौधरी र थन बहादुर महत्तोले निर्माण गरेका हुन् ।

चलचित्रमा रबी कोइरालाको छायांकन, शंकर महर्जनको द्वन्द्व, दिनेश कुवरको मुख्य सहायक निर्देशन हुन भने किशोर चौधरको लेखन रहेको छ ।