चितवन । चलचित्र ‘चपली हाईट ३’ लाई दर्शकले रुचाएका छन् । रिलिजको पूर्वसन्ध्यामा मौफसल कै चर्चित लक्की मिडिया हाउसले चितवनमा भव्य प्रिमियर शो आयोजना गरिएको हो ।
चितवनको नारायणगढमा स्थित क्युएफएक्स जलमा सिनेमा हलमा गरिएको प्रिमियरमा फिल्मले नेपाली समाजमा हुने समसामयिक अपराधका घटनामा केन्द्रित रहेको छ भने फिल्म हेरिसकेपछि दर्शकहरुले फिल्मको खुलेरै तारिफ गरेका छन् ।
“कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ। भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ। नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो। सोही उद्देश्यका साथ हामीले चलचित्र ‘चपली हाईट ३’ को प्रिमियर शो गरिएको हो ।”, लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले बताए ।
चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।
अर्जुन कुमारको निर्माण रहेको चलचित्रलाई निकेश खड्काको निर्देशन गरेका हुने । क्राइम थ्रिलर जनराको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।