चितवन, चैत्र ९ | सहिद स्मृति बहुमुखी क्याम्पसमा आज देखी “जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७८” सुरु भएको छ ।अनेरास्ववियु स्मृति बहुमुखी क्याम्पस कमिटीको आयोजना भएको उक्त प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुने छ। आज भएको सहिद स्मृति बहुमुखी क्याम्पस र पृथ्वी माबी बिचको खेल्मा सहिद स्मृति बहुमुखी क्याम्पस बिजय भएको छ भने त्यस्तैगरि दोर्सो खेलमा नेपाल पोलिटिक भोजाड र सप्तगण्डकी बिच भएको खेलमा सप्तगण्डकी बिजय भएको छ ।
त्यस्तैगरि आज बुलुका दुई खेल हुने छ । पहिलो बालकुमारी बहुमुखी क्याम्पस र नेबि संघ सहिद स्मिथ बहुमुखी क्याम्पस बिच हुने छ भने दोस्रो खेल गोलोसाईन र बिरेन्द्र बहुमुखी क्याम्पस बिच हुने छ । दिउँसो ३ बजेबाट सुरु हुने छ। प्रतियोगितामा प्रथम हुनेले ४० हजार मेडल टर्फी र दोर्सो हुनेले २० हजार मेडल टर्फी पाउने कार्यक्रम संयोजक अनिस खनालले जानकारी दिनु भयो ।