सौराहा फुड फेस्टिवलको तयारी चल्दै,पर्यटकलाई १५ प्रतिशत छुट

841

सौराहा १८ माघ । रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौहारा क्षेत्रीय रेवानको आयोजनामा यही माघ अन्तिम साता १३ औं संस्करणको सौराहा फुड फेस्टिवल हुने भएको छ । आयोजक सौराहा रेवानले शुक्रवार पत्रकार सम्मेलन गरी फेस्टिवलका बारे जानकारी गराएको हो । प्राकृतिक सौन्र्दयता चितवन सौराहाको विषेशता भन्ने मुल नाराका साथ रेवानले प्रत्येक वर्ष फेस्टिवल गर्दै आएको छ । आन्तरीक पर्यटकलाई आकर्षित गर्ने उदेश्यका साथ माघ २८ गतेदेखी फागुन ३ गते सम्म फेस्टिवल गर्न लागिएको फुड फेस्टिवल संयोजक धु्रव गिरीले वताए । फेष्टिवल स्टल निर्माण,स्वागत गेट निर्माण,प्रचारप्रसार र आन्तरिक तयारी तीब्र रुपमा भइरहेको छ । संयोजक गिरीका अनुसार यस पटकको फेस्टिवलमा वेयर रेस प्रतियोगिता,प्रेम पत्र लेखन प्रतियोगिता,९ वर्ष मुनिका वालवालिकाबीच वेलुन फुटाउने प्रतियोगिता,उत्कृष्ठ खाना प्रतियोगिता,घैला रंगाउने प्रतियोगिता,नगर स्तरीय भलिवल प्रतियोगिता र भेजेटेवल कारभिङ प्रतियोगिता रहनेछ । फेस्टिवल अवधिभर करिव २ करोडको कारोवार हुने र दैनिक २० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा रेवान सौराहा अध्यक्ष गोकर्ण गिरीले फेस्टिवलबाट भएको आम्दानी मध्ये विपन्न वालवालिकाका लागि शैक्षिक कोष वनाउने,सौराहा सरसफाई खर्च ५ प्रतिशत उपलव्ध गराउने,उज्यालो सौराहालाई निरन्तरता दिईने,फेस्टिवल स्थलको खेल मैदान व्यवस्थापनमा खर्च गरिने वताए । फेस्टिवल परिसर भित्र ४० वटा खानाका परिकार र ५ वटा प्रर्दशनी स्टल रहने छ । यस पटक प्रणय दिवसको दिन मात्रै टिकटको शुल्क लाग्ने छ । त्यो दिन प्रतिव्यक्ती १ सय रुपैया टिकट शुल्क लाग्ने रेवान सौराहाका अध्यक्ष गिरीले वताए । फुड फेष्टिवल चलिरहदा सौराहाका व्यवसायीले आवास र खानामा १५ प्रतिशत छुट दिने घोषणा गरेका छन । रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे,रेवानका निवर्तमान अध्यक्ष राजन भट्ट,रेवान महिला समुहकी अध्यक्ष माला दाहालले सौराहामा संचालित हात्ती महोत्सव,फुड फेस्टिवलले पर्यटकको आवागमनमा वृद्धी हुदै गएको दावी गरे ।