सौराहामा आज देखि फूड फेस्टिवल: सम्पूर्ण तयारी पुरा,सिंगारियो सौराहा

97

सौराहा, ३० चैत । चितवनको पर्यटकीय नगरी सौराहामा आज (बुधवार) देखि १६औं सौराहा फुड फेस्टिबल सुरु हुँदैछ । नेपाली नयाँ बर्षको अबसरमा रेष्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले दिउसो चार बजे उद्घाटन गर्ने छन् ।

प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फूड फेष्टिवल यस पटक चैत ३० देखि बैशाख २ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए । उनले अहिले कोरोनाको संक्रमण घट्दै गइरहेको र पर्यटन ब्यवसाय पनि सुचारु भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए । फेष्टिवलका लागि सौराहाको मुख्य बजार सजाइएको छ ।

नयाँ बर्ष मनाउन र फेस्टिलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आएका छन् । फेस्टिवल सुरु नहुँदै सौराहा पर्यटकले भरिएको छ । फेष्टिवलमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार रहने छ । त्यस्तै स्थानीय कला, संस्कृति, भेषभुषाको जगेर्नाका लागि फेष्टिबल केन्द्रीत रहेको बताइएको छ । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाती,आमा समूह लगायत अन्य संघ संस्थाको झाँकी प्रदर्शन तथा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।

उनले कार्यक्रम अवधि भर कार्यक्रम स्थल देखी सौराहा ड्याक सम्म हरेक दिन बेलुका जनजाती हरुको झाँकी प्रदर्शन गरिने बताए । चितवनको पर्यटन प्रर्वद्धनका लागि आयोजना गरिएको फेस्टिवलको सम्पूर्ण तयारी पुरा भएको रेवानका महासचिव सुर्य बहादुर रिमालले सञ्चालन गरेका थिए । फेष्टिवल उद्घाटन हुनुपूर्व सौराहामा भब्य शोभायात्रा निकाल्ने तयारी गरिएको छ ।