रत्ननगर नगरपालिका  वडा नं ६ मा समाजबादीको घरदैलो

124

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ मा एकीकृत समाजबादीले घरदैलोलाई तीव्रता दिएको छ । गठबन्धनका दलहरुले सो वडामा मित्रबत रुपमा प्रतिस्पर्धा गर्ने गरी चुनावी अभियानलाई तीब्रता दिएका हुन ।

समाजबादीको राम्रो पकट मानिएको सो वडामा पार्टीको तर्फबाट वडाध्यक्ष पदमा उमेदवारी दिएका गोकर्ण गिरी लगायत वडा सदस्य पदका उमेदवारहरुले घरदैलोमा पुगेर जनतासंग भोट मागेका हुन ।

वडाध्यक्ष पदका उमेदवार गिरीलाई पर्यटकीय नगरी सौराहाको विकाससंगै कृषि र पर्यटनलाई आधार बनाएर निकटका गाउँ तथा वडाबासीको हितमा काम गर्ने प्रतिबद्धता जनाए । घरदैलोमा नगर कमिटी इन्चार्ज दुर्गाप्रसाद घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।