नारायणगढ- मुग्लिन सडकखण्ड ६ घण्टा पछि सूचारु

15

चितवन, ४  असार । सुख्खा पहिरोको कारण अवरुद्ध भएको नारायणगढ- मुग्लिन सडक सूचारु भएको छ । इच्छाकामना गाँउपालिका ६ स्थित चारकिलोमा बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

बिहानदेखी अवरुद्ध भएको सडक पहिरो हटाएर बेलुका करिब साढे ५ बजे बाट सूचारु भएको प्रहरीले जनाएको छ ।