कालिका वडा नं ५ बाट २५० जना राप्रपामा प्रवेश

16

कालिका ०४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीमा कालिका नगरपालिका वडा नं ५ बाट २५० जना प्रवेश गरेका छन् । शनिवार भएको कार्यक्रममा नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी २५० जना राप्रपामा प्रवेश गरेको जिल्ला सदस्य सागर लामिछानेले जानकारी दिए ।

जिल्ला सदस्य लामिछाने व्यक्तिगत रुपमा ६० जना विपन्न समुदायका वालवालिकालाई स्टेशनरी समेत सहयोग गरेका छन् । सोही कार्यक्रममा सो वडामा राप्रपाको पार्टी उद्घाटन गरिएको छ । कार्यक्रममा सो पार्टीको युवा संघ, महिला संघ ,सांस्कृतिक समूह,किसान संघ,खेलकुद समिति समेत गठन गरिएको जिल्ला सदस्य लामिछानेले बताए ।

केन्द्रीय सदस्य सिमा घतानी,बाग्मती प्रदेश सहसचिब माधभ भट्टराई ,जिल्ला अध्यक्ष रुद्र ढकाल,जिल्ला सदस्य सागर लामिछाने ,प्रदेश २ क सभापति घनश्याम गिरी, कालिका नगर समिति अध्यक्ष सोम बहादुर खडका लगायतको उपस्थिति थियो ।