जाजरकोटका वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु

10

जाजरकोट, ५ असार । कुशे गाउँपालिका–७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताउनुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जित्नुभएको थियो । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । गोरखापत्र अनलाइनबाट