काँग्रेस नेता लामिछानेद्धारा प्रदेश क्षेत्र ख समितिबाट राजिनामा

13

चितवन ०७ असार । नेपाली काँग्रेस चितवन प्रदेश समिति क्षेत्र नं १ ख का सदस्य दण्डपाणि लामिछानेले पदबाट राजिनामा दिएका छन् ।

नेपाली काँग्रेसबाट रत्ननगर नगरपालिका वडा नं १५ को वडाध्यक्षमा पराजित भएपछि नैतिकताको आधारमा उनले पदबाट राजिनामा दिएका हुन । राजिनामा पत्रमा लामिछानेले आफुलाई निर्वाचनमा हराउन पार्टीका जिम्मेवार नेताहरु लागेको भन्दै निर्वाचनको बारेमा सार्वजनिक भएका टिकाटिप्पणीलाई आधार मान्दा पदमा बसिरहनुको औचित्य नदेखेर राजिनामा दिएको उल्लेख गरेका छन् ।

३१ बर्ष अघि काँग्रेसको पार्टी सदस्य लिएर नेपाली राजनीतिमा प्रवेश गरेका लामिछाने साविक पिठुवा गाविसको वडा समिति सचिव हुँदै उपसभापति तथा १२औं महाधिवेशनबाट गाउँ समितिको सभापति बनेका थिए । १३औ महाधिवेशनबाट तत्कालिन निर्वाचन क्षेत्र नं २ को सचिव तथा १४औं महाधिवेशनबाट बागमती प्रदेश अधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भइ चितवन क्षेत्र नं १ ख कार्यससमिति सदस्यमा निर्वाचित भएका थिए ।

नेता लामिछानेले स्थानीय तह जनप्रनिधि विहीन हुँदा १३ बर्ष साविक पिठुवा गाउँ विकास समितिमा नेपाली काँग्रेसको तर्फबाट राजनीतिक संयन्त्रमा प्रतिनिधित्व गरेका थिए ।