अर्गानिक परिकारका लागि खुल्यो होटल थारु चुल्हा

13
चितवन । रत्ननगरको टाँडी बजार र यस आसपासका क्षेत्रलाई लक्षित गरी सौराहाचोक र टाँडीचोकको बीचमा रहेको बसपार्कमा होटल सञ्चालनमा ल्याइएको छ ।
लामो समय देखि होटल व्यवसायमा क्रियाशिल रहेका रत्ननगर ३ हाजिपुरका संजिब चौधरीले आवासीय सुविधा सहितको होटल थारु चुल्हा एण्ड लज सञ्चालनमा ल्याएका हुन । चौधरीले पर्यटकीय नगरी सौराहा र हाजिपुर स्थित आफ्नै निवासमा समेत होटल सञ्चालन गरिरहेका छन् ।
सौराहा र हाजिपुरमा सञ्चालन गरेको होटल व्यवसायको अनुभवलाई टाँडी बजार केन्द्रीत गरेर होटल सञ्चालन गरेको चौधरीले बताए । बकुलहर,सौराहाचोक र टाँडीचोक आसपासमा राम्रो र स्तरीय होटल तथा लज छैनन् उनले भने होटल र लजको अभाव हुँन नदिन ठुलो लगानी गरेर होटल सञ्चालन गरेको हु । होटल थारु चुल्हा एण्ड लज सञ्चालनमा स्तरीय रुम सहित खानाका विभिन्न परिकार उपलब्ध रहेको छ ।
होटलमा आदिबासी समुदायका खानाका परिकार पाइने चौधरीले बताए । थारु समुदायका परिकार अन्तर्गत हाँस,घुङ्गी,गंगटा,चिचर तथा अर्डर अनुुसार सुकुटी,सेकुवा,मम,चाउमिन र नेपाली खानाको राम्रो व्यवस्था रहेको सञ्चालक चौधरीले बताए । उनले विवाह,पार्टी,जन्मदिन तथा अन्य समारोहका लागि राम्रो व्यवस्था रहेको बताए । सो होटलमा सेल्फी खिच्नको लागि आर्कषक स्थान बनाइएको छ । होटल थारु चुल्हा एण्ड लजमा सभाहल सहित कुल १४ वटा रुम रहेको र अधिकाँस रुमहरु डिलक्स र एसी सुविधा रहेको चौधरीले जानकारी दिए ।