रत्ननगरका दुई युवाले खोले इलेक्ट्रोनिक्स पसल

537

रत्ननगर ०९ असार । रत्ननगर १ बकुलहरमा स्वर्णलक्ष्मी ट्रेड सेन्टर उद्घाटन गरिएको छ । रत्ननगरका दुई युवाहरुले दुबईको इलेक्ट्रोनिक्स सामानको ब्राण्ड ‘सुपर जनरल’ ले उत्पादन गरेका सामाग्री विक्री वितरण गर्ने गरी स्वर्णलक्ष्मी ट्रेड सेन्टर सञ्चालनमा ल्याएका हुन । युवा व्यवसायी प्रकासमणि सापकोटा र उमेश पोखरेलले ५० लाखको लगानीमा सो पसल सञ्चालनमा ल्याएका हुन । दुबईको बाठा ग्रुपका क्षेत्रीय निर्देशक मोहमद मशी अहमदले एक समारोहका बीच सेन्टरको उद्घाटन गरेका हुन । सो सेन्टरमा यहाँ टिभी, फ्रिज, वासिङमेशिनलगायत घरमा प्रयोग हुने सुपर जनरलका ३५० भन्दा बढी प्रकारका इलेक्ट्रोनिक्स सामग्री उपलब्ध रहेको व्यवसायी सापकोटाले बताए । समग्र पूर्वी चितवनबासीहरुको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले गुणस्तरीय सामान सहितको पसल सञ्चालनमा ल्याएको उनको भनाई छ । विश्व प्रसिद्ध कम्पनी सुपर जनरलका इलेक्ट्रोनिक्स सामान भएका कारण गुणस्तरियतामा ग्यारेन्टी गर्न सकिने सापकोटाले बताए ।