नारी जागरण केन्द्रद्वारा सचेतना कार्यक्रम सम्पन्न

63

चितवन ३२ असार । नारी जागरण केन्द्रद्वारा आज रत्ननगरका युवा तथा स्थानीय सरोकारहरुलाई एक दिने लागू औषध दुर्ब्यसन तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाका उपप्रमुख यादब प्रसाद पाठक प्रमुख अतिथि रहेको कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रहरी सहायक निरिक्षक पवन बस्नेतले प्रशिक्षण दिएका थिए ।  कार्यक्रममा रत्ननगर ३ का  नब निर्वाचित वडा अध्यक्ष सोहेन्द्र खरेल ,सामुदायिक सेवा केन्द्रका अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य दिएका थिए । ४० जना सहभागी रहेको कार्यक्रममा बिमला सुवेदी खनालले स्वागत मन्तव्य दिएकी थिइन भने कार्यक्रम संस्थाकी उपाध्यक्ष अनिता पौडेलको अध्यक्षतामा समपन्न भएको थियो ।