दाजुबहिनी कृषि सहकारीको अध्यक्षमा खनाल चयन

39

रत्ननगर । दाजुबहिनी कृषि सहकारी संस्थाको अध्यक्षमा इश्वर खनाल चयन भएका छन् । १०औं साधारण सभा तथा चौथौ अधिवेशनले खनालको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा नारायणी पन्त, सचिवमा टोमराज भट्टराई, कोषाध्यक्ष भीष्मप्रसाद सुवेदी र सदस्यहरुमा पार्वती घिमिरे,अफ्सरा अर्याल, रामलाल श्रेष्ठ, श्यामसुन्दर गरागाई, हरिबहादुर नेपाली, केशव बगाले, तारा बानिया चयन भएका छन् । लेखा समिति संयोजकमा सोमबहादुर विक तथा सदस्यहरुमा सरोजकुमार भट्टराई र सरस्वती खनाल चयन भएका छन् । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रम हरिबहादुर खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, संस्थाका सल्लाहकार हरिहर पौडेल,रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी कोषाध्यक्ष सरस्वती लामा लगायतले मन्तव्य राखेका थिए ।