परेवाश्वरी दुग्ध सहकारीको अध्यक्षमा ओली निर्वाचित

36

राप्ती, असोज १ । परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा रामेश्वरसिंह ओली विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा दोस्रो कार्यकालको लागि ओली अध्यक्षमा पुन: निर्वाचित भएका हुन् । उनले ५ सय ५७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रामजी कँडेलले ३ सय ८४ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा दिपक कुमार सिलवाल विजयी भएका छन् । उनले ४ सय ५८ मत प्राप्त गरे । सदस्यहरुमा शुभराज पाण्डे ५ सय ५६ मत, प्रेमप्रसाद पाण्डे ४ सय ९५ मत, जितबहादुर तामाङ ४ सय ११, चन्द्रमाया शिवाकोटी ३ सय ९९ मत, रामप्रसाद उप्रेती ३ सय ८१ मत, नरबहादुर रिजाल ३ सय ७५ मत, टिकाराम ओली ३ सय ५४ मत र डम्बरबहादुर राई ३ सय ३३ मत सहित विजयी भएका हुन् । सदस्यमा महिला कोटाबाट निर्वाचन अघि नै मेनका पाठक सर्वसम्मत चयन भएकी हुन् ।

लेखा संयोजकमा शिवराज कँडेल सर्वसम्मत चयन भएका छन् । त्यस्तै लेखा सदस्यमा मञ्जु कोइराला तिवारी र विष्णु धिताल सर्वसम्मत चयन भएका हुन् ।

१ हजार ३ सय ७५ शेयर सदस्य भएको संस्थामा १ हजार ४५ मत खसेको थियो ।