सामाजिक कार्यमा उत्तिकै सक्रिय गायिका देशु गोले

632

सरस्वती लामा,
धरान २० माघ । धरानकी गायिका देशु गोले अहिले युकेमा छन । बैदेशिक रोजगारीको लागि युकेमा रहेकी गोले गीत रेर्कड गर्न मात्र स्वदेश आउदिन । उनी सामाजिक क्षेत्रका काम गर्न पनि नेपाल आउने गरेकी छन । उनले विदेशमा कमाएको पैसा नेपालका समाजिक क्षेत्रमा लगानी गरेकी छन । उनी गायन क्षेत्रसंगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन । उनले धरान १५ श्यामचोकमा रहेको नियूने लाखाङ्ग गुम्वा निर्माणको लागि आर्थिक सहयोग संगै गुम्वाका लागि आवश्यक सामाग्रीहरु सहयोग गरेसकेकी छन । उनले सो गुम्वाका आश्रित अनाथ तथा असहाय वालवालिकाको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने तयारी गरेकी छन । अक्षयकोषका लागि गोलेले ५० हजार नेपाल पठाईसकेकी छन भने युकेमा अक्षयकोष लागि ४ लाख रुपैया संकलन गरेको गायिका गोलेले बताइन । असहाय तथा अनाथ वालवालिकाको शिक्षाका लागि स्थापना गर्न लागिएको सो अक्षयकोषमा रकम सहयोग गर्न उनले आह्वान समेत गरेकी छन । गुम्वाले सडक पेटिबाट उद्दार गरिएका १२ जना वालवालिकालाई गाँस,बास,कपास सहित शिशु कक्षा देखि १० सम्म अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आएको छ ।

अगष्टमा नेपाल आउने तयारीमा रहेको गायिका गोलेले यहाँ आएपछि लण्डन नेपाल फाउण्डेशन नामक संस्था स्थापना गरी सामाजिक कार्य गर्ने बताएकी छन । विदेशको भुमिमा बसेर पनि नेपाली भाषा सँस्कृतिलाई विर्सन नसकी आफनो गितको माध्यमबाट स्वर दिई सबैको मन मुटुमा बस्न सफल गायिका गोलेले पछिल्लो समयमा फेरी पनि फापर बारी बोलको गीत बजारमा ल्याएकी छन । नेपालि साँगेतिक क्षेत्रमा उनिको गित अहिले सम्म १५ वटा भन्दा बढि बजारमा आइसकेका छन् । लेकैमा चर्ने लेकाली भेडी, तिमी संग बोल्दैमा त कहिले तिमि मेरो मनको राजा जस्ता बोलको गितहरुले देशुलाइ श्रोता माझ चिनाउन सफल भएको छ । विदेशमा पनि विभिन्न कार्यक्रममा सहभागी भइ नेपाललाइ विदेशी माझ चिनाउन सफल भएकी छिन् । स्कुल पढ्दाको उमेर देखि नै गित गाएर धैरै पुरस्कार र प्रंससा बटुलेकी गोले हालसम्म पनि विदेश यु.के मा नै बस्दै आएकी छिन् । उनि यु.के मा रहेता पनि नेपाली माटो र नेपालीपनलाई भने कति पनि विर्षन सकेकी छैनन् । उनले नेपालि गित मात्र होइन तामाङ्ग सेलोमा पनि थुप्रै गाउन सफल भएकी छिन् । नेपालको भोजपुर जिल्ला घर भएकी देशुले सन २०१६ सालबाट साँगेतिक क्षेत्रमा आफ्नो गित रेर्कड गरेर देशलाइ माया गदै आएकी छिन् । उनि भन्छिन म देशबाट भौगोलिक रुपले टाढा भएपनि देशको माया मैले मारेकी छैन, म समय मिलाएर नेपाल पनि आइराख्छु मलाइ पनि नेपालि दाजुभाइ दिदीबैनीहरुले कहिले पनि माया नमारोस भन्नि लाग्छ । मेरो गितहरुलाइ पनि रुचाएर केही सल्लाह सुझाब दिए हुन्थ्यो भन्नि आशा छ र अपिल पनि गर्दछु ।