सौराहा फुड फेष्टिवल : दुई दर्जन कलाकारको प्रस्तुती हुदै (कलाकारको नाम सहित)

645

सौराहा २१ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २८ गतेबाट सुरु हुने सौराहा फुड फेष्टिवलमा करिव दुई दर्जन कलाकारहरुले आफ्नो प्रस्तुती गर्दैछन । रेवान सौराहाले रत्ननगर ७ सिसुवार चौरमा आयोजना गरेको फेष्टिवलमा स्वदेशी तथा विदेशी पर्यटकलाई उत्कृष्ट खानाको स्वादमा साँङ्गेतिक माहोलमा झुमाउन दुई दर्जन कलाकार सौराहा ल्याउने भएको हो । फेष्टिवलमा प्रस्तुती गर्ने कलाकारहरुको नाम यस प्रकार रहेको छ ।
१) आधुनिक तर्फ :आस्था राउत,मिलन अमात्य,निसान भट्टराई,रमेशराज भट्टराई,मनोज महतो,दि न्याटिभ व्याण्ड ।

२) लोक तथा दोहोरी तर्फ : पशुपति शर्मा,मिलन लामा,बसन्त थापा,प्रकास सपुथ,जीवन दाहाल,राजु गुरुङ,अर्जुन सापकोटा,प्रकास कटुवाल,देवी घर्तिमगर,शान्ति श्री परियार,सम्झना भण्डारी,दुर्गा सापकोटा,सावित्री जोशी,रुपा घर्तिमगर

३) हास्य व्याङग्य तर्फ : भद्रगोलका जिग्री र पाडे