लैङ्गिक हिंसा न्यूनीकरणमा सर्लाहीका मुसहर महिला अग्रसर

29

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानः २०७९ अन्तरगत “सभ्य समाजको पहिचान लैङ्गिक हिसां विरुद्धको अभियान” भन्ने नारा सहित मुसहर महिला सशक्तिकरण मन्च हरिपुरको आयोजनामा जनचेतना मुलक ¥यालि तथा अन्तरक्रिया कार्यक्रम २०७९ मंसीर १८ सम्पन्न भयो ।               तराईका माझि, मुसहर एवं दलित समुदायको सामाजिक, आर्थिक, राजनितिक उत्थानमा कामगर्दै आएको साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) को सहयोगमा हरिपुर नगरपालिका, नेपाल राष्ट्रिय मुसहर संघ, ओरेक सर्लाहीको समन्वयमा हरिपुरस्थित रेडक्रस सोसाईटीको भवनमा अन्तक्रिया कार्यक्म संचालन गरिएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।     १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत नगर स्तरीय मुसहर महिला सशक्तिकरण मन्च हरिपुरकी अध्यक्ष पल्टनीया देवी माझीको अध्यक्षता तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा हरिपुरका नगरप्रमुख गोपाल पजियार, उपप्रमुख निलम देवी राय यादव, हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापा, जिल्ला प्रहरी कार्यालय मलंगवाको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक संगिता पाण्डेल, नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष रितुराज ऋषि, ओरेक सर्लाही देवकुमारी महरा लगायतले मन्तव्य राख्नुभयो ।
कार्यक्रममा मुसहर महिला सशक्तिकरण मन्चकी सचिव सन्तरा पासवानले मुसहर वालवालिकाहरु माथि बिद्ययालयमा समेत जातिय विभेद हुने गरेको र सरकारी बिद्ययालयमा पढन पैसा तिर्नु पर्ने भएकाले दलितहरु पढाई बाट बन्चित हुनुपरेको बताईन । मुसहर महिला सशक्तिकरण मन्च चिताईनकी अध्यक्ष उर्मीला माझीले माझी मुसहर समुदायलाई राज्यले बिभेद गरेको बताउदै अझै पनि नागरीकता, जन्मदर्ता नभएकोले बढाई बाट बन्चित भएको, जग्गाको पुर्जा तथा बस्ने बास समेत नभएको, जग्गाको पुर्जा बनाउन ५ हजार घुस मागेको बताईन । सहभाग्ीहरुले आफ्नो समुदायको जन्मदर्ता, नागरिकता, छुवाछुत, विद्यालयमा बालबालिकालाई हुने विभेद, गरिवी लगायतको विषयमा प्रमुख अतिथिहरुसँग गुनासो राखेका थिए । नगर प्रमुख पजियारले मुसहर समुदायको शिक्षामा जोड दिनु पर्ने बताए । स्थानिय सरकारमा आएपछि दलित समुदायको समस्या समाधानमा आफुहरु लागीपरेको बताए । जिल्ला प्रहरी कार्यालय मलंगवाकी महिला सेलकी प्रमुख प्रहरी निरीक्षक संगिता पाण्डेलले महिला माथीहुने हरेक प्रकारको हिंसा बिरुद्ध महिलाहरुले आवाज उठाउनु पर्ने, यदि हिंसा भएमा पैसा नलाग्ने १०४ नम्बरमा फोन गर्न सल्लाह दिनु भयो । मुसहर संघ सर्लाहकिा अध्यक्ष रितुराज ऋषिले व्यवस्था परिबर्तन भएपनि दलितहरुको अवस्ता परिबर्तन हुन नसकेको बताए । उनले माझी मुसहर समुदायले स्थानिय सरकारको कार्यक्रम लक्षित समुदाय सम्म पुग्न नसकेकोले मुसहरहरुले स्थानिय निकायबाट उचित सेबा सुबिधा पाउन नसकेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमले मुसहर समुदायको जन्मदर्ता, नागरिकता, छुवाछुत, विद्यालयमा बालबालिकामाथी हुने विभेद नगर्न र विभेद भएका आफुहरुले कार्बाही गर्ने बताउनु भयो । दलित बालबालिकाहरुलाई कुनै पनि बाहनामा बिद्यालयले शुल्क लिन नमिल्ने, मुसहर बालबालिकाको जन्मदर्ता बनाउन गृह मन्त्रालय बाट परिपत्र आएको र आगामी दिनमा जन्मदर्ता रोक्न नपाउने बताउनु भयो ।
साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले साप नेपालले जिल्लामा पहिलो पटक माझी मुसहरलाई मात्र लक्षित गरेर कार्यक्रम संचालन गरेपछि मुसहर महिलाहरुले कृषि समुह दर्ता गरेको, समुहको बैक खाता संचालनगरेको बचत संकलन, क्षमता विकास तालिम संचालन,वाल विवाह जाँड रक्सी जुवाता विरुद्ध जनचेतना अभिवृद्धि मुलक कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रम संचालन पश्चात मुसहर महिलाहरुले वालबिबाह रोकेको, पुरुष तथा महिलाहरुले तालिम लिएपछि जाँड रक्सी खान छोडेको हुनाले लैङ्गिक हिंसा काम भएको समेत बताए । कार्यक्रममा मुसहर महिला सशक्तीकरण मन्चका पदाधिकारीहरु,सरकारी निकाय स्थानिय सरकार, राजनितिक दलका पदाधिकारीहरु र स्थानिय संघ संस्थाका प्रतिनिधिहरु, समाजिक अगुवाहरु र पत्रकार सहित १०० भन्दा बडिको उपस्थिति रहेको थियो ।