बसबरीयामा लैङ्गिक उत्तरदायी सुशासन सम्बन्धी अनुशिक्षण

226

सर्लाही, २७ माघ । बसबरीया गाउँपालिकामा स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन तथा जवाफदेहिता अभिवृद्धि विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बसबरीया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रुपेशकुमार कर्ण र पंकज कायस्थले सहजिकरण गर्नुभएको थियो । साउथ एसीया पार्टनरशिप नेपालको आयोजना तथा बसबरीया गाउँपालिकाको सहकार्यमा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।
अनुशिक्षण कार्यक्रममा स्थानिय सरकार, नगरपालिकाको निति,कार्यक्रम बजेट तथा योजना, विषयगत योजनाहरु र स्थानिय तहमा बेजेट निर्माण प्रक्रियाको चरणहरुको सम्बन्धमा छलफल गरिएको थियो । प्रशिक्षणमा लैगिंक उत्तरदायी बजेट तर्जुमा र कार्यान्वयनमा लक्षित समुदायकोे पहुचमा पु¥याउन सरकारी निकायको भुमकिा र सामाजिक जवाफदेहिता बिषयमा समेत प्रशिक्षण गरिएको थियो ।

प्रशिक्षणमा सरकारको स्वमूल्याङ्कनको विषय क्षेत्र र सूचकहरु, स्वमूल्याङ्कनका सूचकहरूको अङ्कभार गणना सम्बन्धमा अभिमुखिकरण गरिएको थियो । प्रशासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह,न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सम्मानजनक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य समन्वयमा सूचक निर्धारण गरेर बिषयगत महाशाखा, शाखा र विभागले आफूले सम्पादन गरेको कामको आधारमा अंक दिएर स्वमुल्याङ्कन गरेर पठाउने सम्बन्धमा बताएका थिए ।

कार्यक्रमको समापन शत्रमा बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले मुसहर समुदायको उत्थान र विकासका लागि आफू गम्भीर रहेको बताएका छन् । उहाँले दलित, माझी, मुसहर लगाएतका लक्षित बर्गहरुको क्षमता विकास,आयआर्जन सोरोजगार प्रबद्र्धनहुने खालको विकासका योजना खाका बनाउने बताए । अध्यक्ष रायले मुसहर समुदायमा रहेको गरिबी, बासको अभाव, आफ्नै जग्गा जमिन नभएको जस्ता समस्याप्रति आफू गम्भीर रहेको बताउनु भयो । उहाले मुसहर समुदायको समस्या हल गर्न आफ्नो गाउँपालिकाबाट हुनसक्ने काम र प्रदेश तथा केन्द्र सरकारसँग गर्नुपर्ने पहलका सम्वन्धमा पनि मुसहरलगायत सबै पक्षसँग हातेमालो गरेर अघि बढ्ने बताए । पालिकामा पहिलो पटक यस प्रकारको तालिम संचालन गरेकोमा संस्था प्रती आधार प्रकट गर्दै आगामी दिनमा अन्य क्षमता मुलक कार्यक्रमहरु संचालन गर्न अनुरोध गर्नु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुनचनुप्रसाद यादवले मुसहरका लागि गाउँपालिकाबाट गर्न सक्ने हरेक गतिविधिमा कन्च्युँस्याई नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अभिमुखीकरण समापनमा मन्तव्य राख्दै वडा नंं. १ का वडाध्यक्ष शिवेन्द्र मोहन यादव र प्रशासन शाखाका खरिदार पंकजकुमार झाले यो अभिमुखीकरण आफूहरुका लागि निकै महत्वपूर्ण र ज्ञानवद्र्धक भएको भन्दै आयोजकप्रति धन्यवाद् ज्ञापन गरे ।
मुसहर महिला सशक्तिकरण मन्च बसबरीयाकी अगुवा मन्मादेवी माझीले मुसहर समुदायमा घरबार नभएको, धेरैको बालबच्चाको जन्मदर्ता नरहेको, उनीहरुका बाबुआमाको नागरिकता नरहेकोजस्ता गुनासा राखिन् । उनले गाउँपालिकामै टाँसिएर रहेको मुसहर बस्तीमा धेरै मुसहर पानी चुहिने फुसको छानो भएको झुपढीमा कष्टपूर्ण जिवा बिताउन बाध्य भए पनि स्थानिय सरकारले बेवास्था गरेको बताईन् ।

मुसहर महिला सशक्तिकरणका लागी काम गरिरहेको साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले जिल्लाको चार वटा पालिकाहरुमा ३२ वटा मुसहर महिला सशक्तिकरण मन्च गठन गरेर १५ सय जना महिलाहरुलाइ समुहमा आवद्ध गराएको छ । ३२ वटा समुह कृषी तथा पशु कार्यालयमा दर्ता गरी बचत गर्दै आएका छन । समुहमा सामुहिका तरकारी खेती, बंगुरपालन गर्नुका साथै अन्य आयमुलक व्यवसाय गर्दै आएका छन । महिलाहरुले लैगिंक हिंसा, वाल विवाह, जाँडरक्सी जुवातास बिरुद्ध अभियान संचालन गर्दै आएको, समुदायमा वाल विवाह रोकनुका साथै सामाजिक कार्यमा मुसहर महिलाहरु एकजुट हुन थालेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए । कार्यक्रममा सरकारी निकाय, निर्बाचित जनप्रतिनिधिहरु र मिडयाकर्मी लगाएत ४५ जनाको सहभागीता रहेको थियो ।