आकृति सहकारीको कार्ययोजना तयार

706

रत्ननगर २३ माघ । सुकुमवासी समुदायका महिलाहरुले सञ्चालन गरेको आकृति महिला बचत तथा ऋण सहकारी संस्थाको योजना तर्जुमा गोष्ठी बुधवार सम्पन्न भएको छ । लुमन्ती आवासको लागि सहयोग समुहको सहयोगमा आयोजित सो कार्यक्रममा सहकारीका २२ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लुमन्तीका कार्यक्षेत्र संयोजक शिंह लामाले सहजीकरण गरेका थिए । कार्यक्रममा पदाधिकारीहरुको क्षमता विकास, आर्थिक व्यवस्थापन, सहकारीको आर्थिक तथा पुँजीगत विकास, सहकारीको कार्यालय व्यवस्थापन र सदस्यहरुको जिम्मेवारी विकाससंग सम्बन्धित रहेर कार्ययोजना तयार गरिएको थियो । कार्यक्रममा आकृति सहकारीको हालको अवस्था र आगामी २०७६÷७७ सम्मको योजना तयार गरिएको थियो । कार्यक्रममा सहकारीका पदाधिकारीहरुको विभिन्न ४ वटा समुह बनाएर सहकारी विकासका बारेमा छलफल गरेका थिए ।