वाल गायिका समृद्धिको दोश्रो गीत सार्वजनिक

2581

रत्ननगर ०८ फागुन । ११ बर्षिया बाल गायिका समृद्धि तिमल्सिनाको नयाँ गीत हिजो युटुव मार्फत सार्वजनिक भएको छ। “भरोसा हौ तिमी मेरो” बोल रहेको गीतमा समृद्धिले स्वर दिएकी छिन् ।
गीतमा शब्द बबिता खनालको रहेको छ । संगीत चक्रपाणि तिमल्सिनाले दिएका छन् । बबिता खनाल समृद्धिको आम हुन् भने चक्रपाणि तिमल्सिना उनको बुबा हुन् ।
समृद्धिको पहिलो गीत “माथि माथि हिउँचुली” को अत्याधिक चर्चा पश्चात निस्कीएको दोस्रो गीतमा साहस शाक्यले संगीत संयोजन गरेका छन् ।
अकष्टिक नेपालकाठमाडौंमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अजय सिंह कार्की हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन्।
गीतले परिवारमा नानी बाबुहरुको भरोसा र खुसी बाबु आमा र अभिभावक हुन् भन्ने सन्देश बोकेको छ। परिवारको मायाँ र साथ पाएमा बालबालिकाहरु खुसी हुन सक्छन् भन्ने आसय छ ।
गीतको लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ । भिडियोको सम्पादन किशोर खनालले गरेका छन ।
समृद्धिको स्वरमा रहेको “भए पनि अफगान” बोलको नयाँ गजल चाँडैनै पनि चाँडैनै भिडियो सहित बजारमा आउदै छ । गजलमा गीतकार लोकराज अधिकारीको शब्द अनि गोविन्द मधुर आचार्यको संगीतमा रहेको छ ।