खैरहनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

1310

खैरहनी १६ फागुन । चितवनको खैरहनीमा यही फागुन २२ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । स्थानीय तह कार्यान्वयन भएपछि पहिलो पटक खैरहनी नगरपालिका आफैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो । नगरपालिकाका स्थानीय शिक्षा अधिकारी हिम शर्माका अनुसार फागुन २२ गतेदेखि २४ गते सम्म प्रतियोगिता हुनेछ । खैरहनी माध्यमिक विद्यालयको चौरमा हुने प्रतियोगितामा महिला पुरुष छुट्टा छुट्टै विभिन्न दुरीका दौड,भलिवल,कवड्डी,हाईजम्प,लङजम्प,सटफुट,त्रिपलजम्प,ज्यावलिङ थ्रो लगायतका खेलहरु हुनेछन् । नगरबाट प्रथम,द्धितिय र तृतिय भएका विद्यालय तथा विद्यार्थीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागीता जनाउने स्थानीय शिक्षा अधिकारी शर्माले वताए । प्रतियोगिताको विजेताले राष्ट्रपति रनिङशिल्डसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । प्रतियोगितामा नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुले सहभागीता जनाउन पाउनेछन् । खैरहनीमा सामुदायिक विद्यालय तर्फ ६ वटा माध्यमिक तह र २२ वटा आधारभूत तहका विद्यालय छन् भने १२ वटा माध्यमिक तहका निजी विद्यालय छन् ।