अधिकारीको पार्थिव शरिरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा र प्रचण्डले पार्टीको झण्डा ओढाए

416

काठमाडौँ, १७ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन । टुँडिखेलमा जारी श्रद्धाञ्जलीसभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पार्टीको झण्डा ओढाएर  श्रद्धाञ्जली व्यक्त गरेका छन ।ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर शद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।