भरतमोहन अधिकारीको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि नेकपा कार्यालयमा

373

काठमाडौं १९ फागुन,  । नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ ।

अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो ।

उनको पार्थिव शरिरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको हो । मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।