राप्तीमा परम्परागत खेति प्रणालीलाई विस्तापित गर्दै टनेल प्रविधिबाट तरकारी उत्पादन

2913

अनुज न्यौपाने ।
राप्ती ०४ पुस । पूर्वी चितवनको राप्ती नगरपालिकाका तरकारी किसानहरुले परम्परागत खेति प्रणालीलाई विस्तापित गरी टनेल प्रविधिबाट खेति गर्न थालेका छन । कम खर्चमा उत्पादन बढी हुने भएकाले यहाँका किसानले परम्परागत खेति प्रणालीलाई छाडेर प्रविधिको प्रयोग गर्न थालेका हुन । व्यवसायिक रुपमै तरकारी खेती गर्न किसान आकर्षित भएपछि राप्तीमा नयाँ प्रविधिको प्रयोग बढेको हो । राप्ती नगरपालिका ८ मा तराकारी खेती गर्दै आइरहेका सर्लाहीका दिनेश महतोले नयाँ प्रविधि अपनाएर टनेलमा तरकारी खेति गर्न सूरु गरेका छन । विगत ४ वर्ष अघिदेखि तरकारी खेती गर्दै आएका महतोले एक वर्ष अघि देखि टनेलप्रविधिमा खेती गर्न थालेका हुन । उनले टनेल बनाएर तरकारी खेती गर्छन । टनेल प्रविधिबाट बेमौसमी तरकारी खेती गर्न मिल्ने,रोग र किराको संक्रमण नहुने भएकाले यो प्रविधि अपनाएको महतोले बताए । बेमौसमी तरकारी लगाँउदा मूल्य पनि धैरै पाइन्छ, उनले भने व्यवसायिक रुपमा खेती गर्ने हो भने टनेल प्रविधि उपयुक्त माध्यम रहेछ । उनले ४ विघा जमिनमा तरकारी लगायत अन्य बाली लगाउदै आएका छन । करिव १४ कठ्ठा जग्गामा बनाइएको टनेल भित्र भेन्टेखुर्सानी रोपेर प्रत्येक बिरुवाको जरामा थोपा प्रविधिबाट सिचाइ गर्न व्यवस्था मिलाइएको किसान महतोले बताए । खुल्ला ठाँउको तुलनामा टनेल भित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनको विश्वास छ । उनले टनेल भित्र भेन्टेखुर्सानी रोप्न हाल सम्म ६० लाख रुपैया खर्च भएको बताए । १२ महिनानै तरकारी उत्पादन गर्न हावापानी तथा वातावरणीय तापक्रम नियन्त्रण गर्ने टनेलको आवश्यक रहेको उनले बताए । एक वर्ष अघि सम्म खुला ठाँउमा तरकारी लगाए उनले भने रोग लागेर हैरान हुन्थ्यो, आधुनिक प्रविधिले एकतिर रोग किराको समस्या बाट मुक्त गराएका छ भने अर्कोतिर आम्दानीमा पनि वृद्धि हुने भएको छ । प्लाष्टिकको घर बनाइ गरिने तरकारी खेती अर्थात टनेल प्रविधिबाट तरकारी उत्पादनमा बृद्धि गर्न सकिने राप्ती ८ का वडा अध्यक्ष बुद्धिराज थपलियाले बताए । तरकारी खेतीका लागि यो निकै उत्कृष्ट प्रविधि हो अध्यक्ष थपलियाले भने, वर्षायाममा दर्कने पानीबाट तरकारी बालीलाई बचाउन टनेल उपयुक्त माध्यम हो । । राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले टनेल प्रविधिबाट बेमौसमी तरकारी खेती फष्टाउने भएकाले पछिल्लो समय राप्तीका व्यावसायिक तरकारी किसानहरुले यो प्रविधि अपनाउन थालेको बताइन । चितवनतको पहाडी क्षेत्र कोराक,लोथर,सिद्धिका किसानहरुले टनेलमा तरकारी खेति गर्न सुरु गरेका छन ।
फोटो छ ।