भण्डारामा बजार अनुगमन : किराना पसलमा म्याद गुज्रिएका पेय पदार्थ

433

राप्ती २२ फागुन । राप्ती नगरपालिकाको मुख्य वजार भण्डारा क्षेत्रमा बुधवार होटल तथा किराना पसल अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र राप्ती ५ मा गठन गरिएको खाद्य स्वच्छता समितिले सयुक्त रुपमा भण्डाराका पसलहरुमा अनुगमन गरेको हो । यहाँका १७ वटा किराना पसल र होटलहरु अनुगमन गरिएको थियो । अनुगमनका क्रममा प्राय सवै किराना पसलहरुमा मिति गुज्रिएका पेय पदार्थहरु भेटिएको कार्यालयका प्रमुख विक्की राउतले जानकारी दिए । साथै होटलहरुले सरसफाईमा सुधार गर्नु पर्ने देखिएकाले पहिलो चरणमा सचेत गराईएको उनले वताए । अनुगमनमा कार्यालयका प्रमुख राउतसहित राप्ती ५ की वडाध्यक्ष एवंम् वडा स्तरीय खाद्य स्वच्छता समितिकी अध्यक्ष मेनुका पाठक,सदस्यहरु धर्मराज कडेंल,कुल प्रसाद पाठक,प्रहरी सहायक निरीक्षक शारदा प्रसाद शाह,खिलकान्त रुवाली,फणिन्द्र राज पाठक लगायतको उपस्थिती रहेको थियो ।