रत्ननगरमा अपाङ्गता भएकाहरुको खेलकुद,मेयर नारायण वनले गरे उद्घाटन

715

रत्ननगर २३ फागुन । पूर्वी चितवनको रत्ननगरमा अपाङ्गता भएका वालवालिकाहरुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता गरिएको छ । समाहित शिक्षा लेखाजोखा केन्द्र भतपुरले आयोजना गरेको सो प्रतियोगिताको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले एक समारोहका बीच उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मेयर वनले अपाङ्गताभएकाहरुको विकासको लागि नगरपालिकाले योजना बनाएर काम गर्ने बताए । उनले अपाङ्गताभएका व्यक्तिहरुले संरक्षणको लागि नगरपालिका गम्भिर रहेको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले अपाङ्गता भएका वालवालिकाको बृत्तिविकासको लागि उनीहरुको आवश्यकता अनुसार योजना बनाएर काम गर्ने बताइन । प्रतियोगिता अन्तर्गत दृष्टिविहीन,बहिरा र बौदिक अपाङ्गता भएका वालवालिकाहरुले दौड,सफ्टवल थ्रो,मित्री बाहिरी खेल,चित्रकला र गायन प्रतियोगितामा भाग लिएका थिए । शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख रामकृष्ण सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष तिलकराज शर्मा,वडा नं १० का वडा अध्यक्ष केशव आचार्य,राष्टिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य निर्मलकुमार श्रेष्ठ,नेत्रहिन संघ चितवनका उपाध्यक्ष वलराम मरहठ्ठा,नेत्रहिन संघ रत्ननगरका उपाध्यक्ष मीनराज खनाल,चितवन बहिरा संघका अध्यक्ष विष्णुकुमारी पौडेल लगायतले मन्तव्य राखेका थिए ।