प्रविधिमैत्री बन्दै राप्तीका सहकारी , कोपोमिस सफ्टवेयर कार्यान्वयनमा

681

राप्ती, १० चैत । पूर्वी चितवनको राप्ती नगरपालिकाले कोपोमिस सफ्टवेयर कार्यान्वयनमा ल्याएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले सहकारीहरुको प्रत्यक्ष निगरानी गर्न कोपोमिस सफ्टवेयर कार्यान्वयनमा ल्याएको हो ।

राप्ती नगरपालिकाले कोपोमिस सफ्टवेयर लागू गरेपछि सहकारी क्षेत्र प्रविधिमैत्री बन्न थालेको छ । अनलाईन सफ्टवेयर लागु गरेपछि नगरका सहकारी संस्थाको दर्ता तथा अनुगमन गर्ने सेवाका साथै सहकारी सम्बन्धी ‘रियल टाइम डाटा’ समेत एकै क्लिकमा उपलब्ध हुने नगर प्रमुख प्रभा बरालले बताइन । प्रविधिको पहुँच विस्तारसँगै सहकारी संस्थाहरूले पनि आफ्नो सेवा प्रविधिमैत्री बनाउन लागेको उनले जानाकारी दिइन । सहकारी संघसंस्था दर्तादेखि अनुगमन गर्न सक्ने सम्मका विषेशताहरू यसमा रहेका छ ।

सफ्टवेयरमार्फत तथ्यांक उपलब्ध हुन थालेपछि नगरपालिकालाई ‘अफसाइड’ अनुगमनमा समेत सहज हुने अपेक्षा गरिएको नगर कृषि शाखा प्रमुख श्री कृष्ण न्यौपानेले बताए ।  “अनलाईनमा उपलब्ध तथ्यांकहरूको विश्लेषणबाट अफसाइड अनुगमन गर्न सकिन्छ,” न्यौपानेले भने, “यसमा केही कैफियत देखिएमा फिल्डमै जान सकिन्छ ।” यसबाट अनुगमनमा जनशक्ति र समयको पनि बचत हुने उनको भनाइ छ ।