सौराहाको पर्यटन क्षेत्रको विकासमा हामी एकजुट भएर लाग्नु पर्छ : अध्यक्ष गिरी

1008

अनुज न्यौपाने
सौराहा । नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा ‘वाइल्डलाइफ’ पर्यटनका लागि प्रसिद्ध छ । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज, जनावर, पक्षी र थारु संस्कृतिमा अडिएको छ । हात्ती चढेर जङ्गल घुम्ने, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुङ्गा सयर गर्न, सूर्यास्त हेर्न र थारु संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गरेका छन् ।

चैतको महिना विदेशी तथा स्वदेशी पर्यटन खासै नआउने सौराहामा यस वर्ष भने पर्यटनको भरिभराउ छ । भूकम्पपछि सुस्ताएको सौराहाको पर्यटनलाइ अहिले आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढाएको रेष्टुरेण्ट एण्ड बार एशोसियसन सोराहाका अध्यक्ष गोर्कण गिरीले बताए । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माण भएसँगै यहाँको पर्यटन अहिले विदेशी तथा आन्तरिक पर्यटकले उकासेको अध्यक्ष गिरीको बुझाई छ ।

गोकर्ण गिरी/अध्यक्ष, रेवान सौराहा

रेष्टुरेण्ट एण्ड बार एशोसियसन सोराहाका अध्यक्ष गोर्कण गिरी को अनुभन :

सौराहा आउने अधिकांश पर्यटक स्वदेशी छन् । भारत, चीनसँगै सार्क राष्ट्रका केही पर्यटक मात्रै यहाँ आउने गरेका छन् । चितवन आउने विदेशी पर्यटकको रोजाइँमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । तर यहाँ आउने अधिकांश स्वदेशी पर्यटक सो निकुञ्ज कमै घुम्छन् । स्वदेशी पर्यटकको रोजाइमा नदीमा डुङ्गा चढ्ने, सामुदायिक वनमा हात्ती र जिप सफारी पर्ने गरेको छ । । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माण भएसँगै यहाँको पर्यटन अहिले विदेशी तथा आन्तरिक पर्यटकले उकासेको छ ।

सौराहाको पर्यटन क्षेत्रको विकासमा हामी एकजुट भएर लाग्नु पर्छ

चितवनको सौराहा पर्यटकिय दृष्टिले महत्वपूर्ण गन्तव्य हो । मुलुककै आर्थिक विकासको मेरुदण्ड मानिने पर्यटन क्षेत्रको विकासमा हामी एकजुट भएर लाग्नुपर्छ । सौराहाको पर्यटन विकासका लागी साइकल राइडिङ र रात्रकालिन जिप सफारी गनुपर्न अहिलेको आवश्यकता भएको छ । पर्यटकलाई सौरहामा आकर्षण गर्न हामि सबै एकजुट भएर यस क्षेत्रको प्रचार प्रसारमा ध्यान दिनु पर्दछ । हाम्रो यस क्षेत्रको राम्रोसँग प्रचार प्रसार गर्न सकिए पर्यटनले फडको मार्न छ ।

दिर्घकालिन पर्यटन विकासका लागी जोड दिएर भावि पुस्तालाई सुम्पिनु पर्छ

हामीले प्राकृतिक श्रोतलाई प्राथमिकताको साथ व्यवस्थित गर्दै दिर्घकालिन पर्यटन विकासको सरचनाहरु तयार गरी दिगो आर्थिक समृद्धिको आभास दिलाउन सक्नुपर्दछ । पर्यटन विकासको सरचना अधार ह्रदयले गर्न सके यसमा सबै अटाउन सकिन्छ । सौराहालाई बातावरण मैत्री बनाउदै यस क्षेत्रमा साइकल राइडिङ, रात्रकालिन जिप सफारी जस्ता पर्यटन आकर्षित गर्न खालका योजनाहरु अघि सार्नुपर्दछ । हामीले आउने पुस्तालाई समेत केहि छाडन नसके हाम्रो अस्तित्व रहदैन ।

किन आउने सौराहा ?
सबैभन्दा पहिलो कुरा त यहाँ प्राकृतिक सुन्दरताको अनुपम संगालो छ । हरियाली जंगलले घेरिएको हरियाली वातावरणको सौराहा, चारैतिरबाट नदीले सिञ्चित सौराहा यहाँका विशेषता हुन् । दुर्लभ एकसिङे गैडा, पाटेबाघ, भालु, बाह्रसिंहे र अहिले अर्नाको पनि एकदमै विकास भएर आइसकेको छ । हात्ती चढेर जंगलको सफारी गर्न पाइनुका साथै एउटै रुखको काठबाट बनेको डुङ्गामा चढेर सौराहा घुम्न पाइन्छ । यहाँबाट हात्ती, गैडाका बच्चा, गोही खेलेको देख्न पाइन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा संग्रहालय खोलिएको छ । जातिय पहिचान झल्काउने थारु संग्रहालय छ । यसरी एकठाउँमा यतिधेरै प्राकृतिक वातावरणमा रमाउने ठाउँ भएकाले पनि सौराहा पर्यटकको रोजाइमा परेको छ । यहाँ आउने धेरै पर्यटकहरुले पहिला बाहिरबाट सुनेर आउनुभएको छ । सौराहामा आएर बसेपछि फेरि पनि अरु नयाँ साथिहरु, परिवारका सदस्यहरु लिएर पुनः सौराहा घुम्न आउने गर्नुभएको छ ।

विद्यालयमा पढ्ने साना साना बालबालिकादेखि लिएर बृद्धाश्रममा बसेका बृद्धबृद्धा हजुरबुबा, हजुरआमा पनि सौराहा घुम्न आउने गर्नुभएको छ । पहिले विदेशी पर्यटकमात्र आउने गरेको सौराहामा अहिले नेपाली पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सन २०२० मा सरकारले पर्यटन वर्ष मनाउने भनेको छ । त्यसको तयारीमा हामी लागेका छौ । तर टुरिजम बोर्ड बाट हामिलाई आवश्यक सहयोग भइरहेको छैन । बोर्डले सौरहालाई सहयोग गर्नुपर्छ । देशकै तेस्रो पर्यटकिय गन्तव्य सौराहामा पर्यटनलाइ भित्राउन हामी अहिले लागीपरेका छौ ।

(गिरी Alfresco resturant and Bar का सञ्चालक हुन  )