समाजसेवी वडाध्यक्ष शमशेर लामा जसले हावाहुरी प्रभावितहरुका लागि तलब सहयोग गर्ने घोषणा गरे

1220

राप्ती, १९ चैत । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शमशेर लामाले बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहात उपलब्ध गराउने भएका छन । हावाहुरीका कारण ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गर्दै अध्यक्ष लामाले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन । मृतक तथा घाइतेका परिवारहरुलाई मुख्यमन्त्री राहत कोषमा एक महिनाको आफुले पाउने सबै सेवासुविधा बराबरको रकम उपलब्ध गराउने अध्यक्ष लामाले जानाकारी दिए ।
उनले यस्तो विपदको अवस्थामा समेत राज्य लाचार भएको भन्दै आलोचना समेत गरे । उनले विपदको बेला विभिन्न सामाजिक कार्य गर्दै आएका छन । अध्यक्ष लामाले यस्तो विपत र आपतको बेला सबैले खुल्ला ह्रदयले सहयोग गर्न अपिल गरे ।