सिप क्षमता अनुसार काम गर्नुपर्छ : मेयर बराल

658

राप्ती, २६ चैत । पूर्वी चितवनको राप्ती नगर प्रभुख प्रभा बरालले सिप क्षमता अनुसार काम गनुपर्ने बताएकी छिन । सोमबार राप्ती नगरपालिका वडा नम्बर ९ को श्री राष्ट्रिय आधारभूत विद्यालय चित्रकोटको ५१ औ वार्षिकोत्सव तथा अभिभावक दिवसलाइ सम्बोधन गर्दै नगर प्रमुख बरालले हरेक नागरिकले आफनो सिप तथा क्षमता अनुसार काम गरे गर्नुपर्न बताएकी हुन ।  कार्यक्रममा मेयर बरालले राज्यले हरेक नागरिकलाई अब सिप अनुसारको काम दिने बताउदै कसैले पनि काम नगरि बस्न नपाउने बताइन । त्यस्तै कार्यक्रममा राप्ती ९ का वडा अध्यक्ष देवेन लामाले श्री राष्ट्रिय आधारभूत विद्यालय चित्रकोटमा कक्षा ५ सम्मको पठनपाठन गर्नुपर्न बताए ।