पर्यटन प्रवद्धनका लागि सौराहाका व्यवसायि प्रचार प्रसारको लागि भारत प्रस्थान

429

चितवन १ असार । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । पर्यटन प्रवद्धनको क्षेत्रमा सहयोगको अपेक्षा गर्दै पर्यटन व्यवसाय प्रचार प्रसारमा जुटेका छन् । यसै क्रममा नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरी क्षेत्रीय होटल संघ नेपाल चितवन तथा सिदार्थ होटल संघ नेपाल भैरहवाको अगुवाई तथा पर्यटन वोर्डको सहयोगमा भारतको लखनाउ, वनारस तथा पटनामा कार्यक्रम लिएर व्यवसायिहरुको एक टोली आज त्यसतर्फ लागेको छ । टोलीमा क्षेत्रीय होटल संघ नेपाल चितवन अध्यक्ष तथा जङगल सफारी लजका प्रवन्धक सुमन घिमिरे ,चितवन फरेष्ट रिर्सोट, ग्रिन पार्क, जङगल काउनहोटल,ल्याण्डमार्क होटल , अर्थलाईट युनिक वाईड रिसोट, होटल सेभेन स्टार ,जङगल रिर्सोट होटल तथा चितवन पार्क भिलेज बाट भ्रमण टोलिमा प्रतिन्धित्व रहेको छ । भ्रमण बाट नेपाल भ्रमण वर्ष २०२० को लागि पर्यटन प्रवद्धन तथा भारतका सिमावर्ती क्षेत्रका पर्यटकलाई स्तलमार्ग हुदै चितवन सम्म ल्याउने सकिने अपेक्षा रहेको क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभएको छ । भ्रमण टोली असार ७ गते नेपाल फर्कने घिमिरेले वताए । भ्रमण टोलि छिमेकि राष्ट्रि भारत प्रस्थान गरेको क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाका महासचिव राममणी खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।