अपाङगलाई उद्यमी बनाउन रत्ननगरले दियो आर्थिक सहयोग

726

रत्ननगर १५ असार । रत्ननगर नगरपालिकाले अपाङ्गहरुलाई उद्यमी बनाउन आर्थिक सहयोग गरेको छ । नगर भित्र विभिन्न पेशा र व्यवसाय सञ्चालन गरिरहेका अपाङ्गहरुलाई उनीहरुको पेशा र व्यवसाय प्रर्बद्धनको लागि नगरपालिकाले आर्थिक सहयोग गरेको हो । नगर भित्रका ३० जना अपाङ्गहरुलाई १० हजारका दरले आर्थिक सहयोग गरिएको उपमेयर विमला दुवाडीले जानकारी दिइन । साईकल पसल,किराना पसल,पशुपालन,गोरुगाडा,कुखुरापालन,होटल व्यवसाय,सिलाई कटाई,केरा खेति र काष्ठकलाको व्यापार गरिरहेका अपाङ्गहरुलाई प्रोत्सहान स्वरुव सो रकम सहयोग गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपमेयर दुवाडीले सो रकम हस्तान्तरण गरेकी थिइन । सो अबसरमा उनले अपाङ्गता भएकाहरुले सञ्चालन गरेको पेशा तथा व्यवसायलाई माथी उठाउन स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले सहयोग गरेको बताइन । कार्यक्रममा नारायणगढ भण्डारा रुढमा चल्ने मिनीबसका चालक तथा सहचालकहरुलाई अपाङ्ग सम्बन्धी प्रशिक्षण समेत दिइएको नगर स्तरीय अपाङ्ग समन्वय समितिका अध्यक्ष इन्द्रप्रसाद चालिसेले जानकारी दिए । नगरपालिकाले वडा नं ४ का सोमलाल चौधरीलाई ह्विलचियर समेत प्रदान गरेको छ । त्यसैगरी नेपाल माविमा बौदिक अपाङ्ग कक्षा र झुवानी माविमा दृष्टिविहीन कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी समेत प्रदान गरिएको चालिसेले जानकारी दिए ।