चितवनको दाहाखानीमा अगुवा चेपाङ महिला पैरवी मन्च गठन

379

चितवन २५ भदौं । अण्डेफको सहयोगमा डेक नेपाल सौराहाले चितवनमा सुरु गरेको लैङ्गिक उत्तरदायी शुसासन प्रबद्धनका लागि अगुवा चेपाङ महिलाहरुको सशक्तिकरण परियोजना अन्तर्गत मंगलवार दाहाखानीमा अगुवा चेपाङ महिला पैरवी मन्च गठन गरिएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ७ दाहादानीमा मंगलवार सम्पन्न भेलाले इन्द्रमाया चेपाङको अध्यक्षतामा मन्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा सिता चेपाङ,सचिवमा चादनी चेपाङ,सहसचिवमा जोनिसा चेपाङ र कोषाध्यक्षमा लक्ष्मी प्रजा रहेका छन । मन्चको कार्यसमिति सदस्यमा अञ्जुमाया चेपाङ,दिलमाया चेपाङ सहित अन्य ४३ जना साधरण सदस्य रहेको मञ्ज गठन गरिएको डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए ।

सो परियोजनाले चितवनको कालिका नगरपालिका चेपाङ बाहुल्यता रहेको वडाहरु ३,८,९,१० ११ र इच्छाकामना गाउँपालिकाको १,२,३,५,६,७ मा कार्यक्रम सञ्चालन गर्दै छ । चेपाङ महिलाहरुलाई पैरबी मन्चमा आवद्ध गराई स्थानीय सरकारको जवाफदेहीता अभिबृद्धिको लागि सामाजिक जवाफदेहीताका विधिको अभ्यास गर्ने र बन्चितिकरणमा परेका चेपाङ समुदायका महिलाहरुलाई अधिकार खोज्न सक्ने बनाइने छ ।

कालिका र इच्छाकामनामा ११ वटा अगुवा चेपाङ महिला पैरबी मन्च गठन गरी ५५० जना महिलाहरुलाई आबद्ध गराइएको छ । यस अघि दुई पालिकामा २० जना स्थानीय श्रोत व्यक्तिहरुको छनौट गरी उनीहरुलाई प्रशिक्षण दिइएको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए ।