दशैंमा चितवन मेडिकल कलेजमा सबै सेवा सञ्चालन हुने

434

चितवन २० असोज । वडा दशैंको अवसरमा चितवन मेडिकल कलेज भरतपुरका सबै सेवाहरु यथावत रहने भएका छन् । बडा दशैंका तीन दिन जिल्लाका अन्य निजी अस्पताल र सरकारी अस्पतालको समेत सेवा बन्द रहने अवस्थामा चितवन मेडिकल कलेजले भने दशैंका पाँचै दिन सेवा पूर्ववत सञ्चालन गर्ने जनाएको छ ।