रत्ननगरको अनामनगरका ज्येष्ठ नागरिकलाई सम्मान

672

रत्ननगर ०८ कार्तिक । रत्ननगर २ मा रहेको अनामनगर टोल विकास संस्थाले ज्येष्ठ नागरिकलाई शुक्रवार सम्मान गरिएको छ । समाज निर्माणमा योगदान गरेका ३२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि उपमेयर विमला दुवाडी र टोल विकास संस्थाका अध्यक्ष किशोर भट्टराईले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अबसरमा उपमेयर दुवाडीले ज्येष्ठ नागरिकले समाज निर्माणमा खेलेको भूमिका अहम रहेको भन्दै उनीहरुलाई जति सम्मान गरेपनि कमी हुने बताइन । वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले ज्येष्ठ नागरिकलाई गरिएको सम्मानले समाजको इज्जत बढने बताए । कार्यपालिका सदस्य तथा प्रबक्ता राजेन्द्र हमालले नगरको विकासका लागि ज्येष्ठ नागरिकलाई सम्मान र उनीहरुलाई हौसला प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा समाजसेवी हरिहर सापकोटा,सचिव विष्णु श्रेष्ठ,निर्वतमान अध्यक्ष सुर्य श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । टोल विकास संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कामना अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।