माडी क्याम्पसमा तलबबृद्धिकाे माग गर्दै शिक्षक धर्नामा : पठनपाठन बन्द

March 17, 2024
- ADVERTISEMENT -

माडी। तलब बृद्धिको माग गर्दै पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल, माडी क्याम्पस इकाई समितिले माडी क्याम्पसको पठनपाठन अनिश्चितकालिन बन्द गरेको छ ।

क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले न्यून तलबमा काम गर्दै आएको भन्दै तलब बढाउनुपर्ने लगायतका माग राखि ध्यानाकर्षण पत्र बुझाउँदा समेत सुनुवाई नभएको भन्दै सो समितिले आइतबारदेखि क्याम्पसकाे पठनपाठन ठप्प पारी हातमा कालो पट्टी र कालो झण्डा गाडेर धर्ना दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

न्यून तलबमा काम गरेका प्राध्यापक कर्मचारीहरुको सेवा सुविधा कटौती गर्ने निर्णय फिर्ता लिनुपर्ने, तलब स्केल न्यूनतम मावि द्वितीय श्रेणीको शिक्षक सरह कायम हुनुपर्ने, क्याम्पसको विधान ३२.४ व्यवस्था भए बमोजिम साप्ताहिक कार्यभारकाे व्यवस्था हुनुपर्ने, क्याम्पसमा गरिने निर्णयहरु क्याम्पसको विधान तथा क्याम्पस सञ्चालन कार्यविधिभित्र रही गर्नुपर्ने, प्राज्ञिक थलोमा प्राज्ञिक व्यक्तिहरूबाट प्राज्ञिक व्यवहारको सुनिश्चितता हुनुपर्ने लगायतका माग राखेर ध्यानाकर्षण पत्र बुझाउँदा समेत सुनुवाई नभएको भन्दै माग पूरा नभएसम्म क्याम्पसकाे पठनपाठन अनिश्चितकालिन बन्द गरिएको समितिले जनाएको छ ।

- ADVERTISEMENT -