विपन्न महिलालाई मखमलको जुत्ता चप्पल बनाउने तालिम सुरु

March 20, 2024
- ADVERTISEMENT -

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ मा विपन्न महिलालाई आत्मनिर्भर बनाउन मखमलको चुत्ता, चप्पल बनाउने पाँच दिने तालिम सुरु भएको छ ।

रत्ननगर नगपालिका वडा नं ३ वडा कार्यालयको आर्थिक सहयोगमा उद्यमशिल महिला समूह वडा समितिले आयोजना गरेको तालिम ३५ जनाको सहभागिता रहेको छ । कार्यक्रममा वडाध्यक्ष सोहेन्द्रराज खरेलले सीप विकास मार्फत विपन्न समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताए । उत्साहित भएर तालिममा सहभागी हुन आग्रह गर्दै वडाध्यक्ष खरेलले सीकेको सीपलाई आयआर्जनसंग जोड्न आग्रह गरे ।

- ADVERTISEMENT -

Advertisement

रत्ननगर नगरपालिकाले विपन्न महिलाहरुलाई लक्षित गरि जीवन उपयोगी सीपमुलक तालिम सञ्चालन गरिरहेको भन्दै उक्त तालिममा सहगागी भएर जीवन सहज बनाउन आग्रह गरे । नगर स्तरीय उद्यमशिल महिला समूह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई उद्यमी बनाउन नगरका १६ वटै वडामा स्थानीय सरकारसंग सहकार्य गरि सीपमुलक तालिम सञ्चालन भइरहेको बताइन् । तालिमको प्रशिक्षकमा उद्यमशिल महिला समुहकी नगर अध्यक्ष गोमा अम्गाई रहेकी छन् ।

वडा समिति अध्यक्ष रुपा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य इश्वर जम्मरकट्टेल, उपकार टोल विकास संस्थाका अध्यक्ष कृष्ण अधिकारी, जलदेवी टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण सिंखडा, खानेपानी उपभोक्ता संस्थाकी कोषाध्यक्ष सरस्वती लामा लगायतले मन्तव्य राखेका थिए । समितिकी सचिव सविता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सदस्य सुरुची गैरेले स्वागत मन्तब्य राखेकी थिइन् ।

- ADVERTISEMENT -