रत्ननगरमा काभ्रे उवासंघका महिला उद्यमीहरुसंग छलफल

April 2, 2024
- ADVERTISEMENT -

रत्ननगगर । रत्ननगर उद्योग वाणिज्य संघमा काभ्रे उद्योग वाणिज्य संघका महिला उद्यमीहरुसंग छलफल कार्यक्रम गरिएको थियो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षता भएको कार्यक्रममा संघका गतिविधि र महिला उद्यमीहरुको प्रवद्र्धनका लागि विभिन्न तालिम, गोष्ठी र महोत्सवहरुमा निःशुल्क सहभागितामा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

काभ्रे महिला उद्यमी मञ्चका अध्यक्ष रामेश्वरी मानन्धरको नेतृत्वमा आएका भ्रमण टोली संग महिलाहरुद्धारा उत्पादन गरिएका बस्तुहरुको बजारीकरणका लागि सहजीकरण, नेतृत्व तथा व्यक्तित्व विकासमा महिलाहरुको भूमिका विषयमा छलफल गरिएको थियो । परम्परागत घरायसी उत्पादनहरुलाई व्यवसायीकरण गरि आयआर्जनमा सहभागी हुन महिलाहरुलाई विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

महिला उद्यमी प्रवद्र्धन समितिका संयोजक लक्ष्मी श्रेष्ठको संयोजकत्वमा भएको छलफल कार्यक्रम संघका महासचिव उपेन्द्र शर्मा अचार्यले संचालन गरेका थिए ।

- ADVERTISEMENT -