रत्ननगर उवासंघद्वारा पर्यटन विकासका लागि सहकार्यको प्रस्ताब

April 3, 2024
- ADVERTISEMENT -


सरस्वती लामा

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले सौराहाको पर्यटन विकासको लागि सिद्धार्थ उद्योग वाणिज्य संघसंग सहकार्यको प्रस्ताब गरेको छ । बुधबार संघको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले तेस्रो पर्यटकीय नगरी सौराहालाई केन्द्रमा राखेर लुम्विनी पुगेका विदेशी पर्यटकलाई सौराहा आउने वाताबरणको लागि सिद्धार्थ उद्योग वाणिज्य संघसंग सहकार्यको प्रस्ताब गरेको हुन् ।

- ADVERTISEMENT -

Advertisement

सौराहा र लुम्बिनीका व्यवासायीहरु बीच सहकार्य हुन सके पर्यटकको बसाई लम्ब्याउन सकिने भन्दै उनले पर्यटन विकासको लागि दुई वटा उद्योग बाणिज्यसंघ बीच स्पष्ट योजना बनाएर अगाडि बढ्ने गरी प्रस्ताब गरिएको हो । व्यवसायिक संघ संगठनहरुले मात्र मेला महोत्सव आयोजना गर्न दिनुपर्ने, व्यवसाय करमा संघ विधिवत् रुपमा हिस्सेदार हुनुपर्नेमा जोड दिंदै संघका अध्यक्ष गिरीले व्यवसायीहरुले आर्थिक विकास संगसंगै व्यवसायिक हकहितका लागि साझा एजेण्डा सहित सहकार्य गर्नुपर्ने बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भ्रमणको उद्देश्य सहित उद्योग वाणिज्य संघहरुको कोष अभिवृद्धि, परिचालन एवं सचिवालय स्तरोन्नतीबारेमा जानकारी गराएका थिए । आर्थिक संकटको बेला व्यवसायीहरु बीच समन्वय गरी अगाडि बद्नुपर्ने भन्दै उनले बैक व्याज दर, निजी क्षेत्रहरुको समस्याका लागि संस्थागत हल गर्र्न एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । रत्ननगर उवासंघका पूर्व अध्यक्ष ज्ञान बहादुर विसुराल खुल्ला सिमानाबाट अवैधरुपमा भित्रिने कृषिजन्य उत्पादनहरु पोल्ट्री जस्ताबस्तुहरुलाई निरुत्साहित र नियन्त्रण गर्नका लागि व्यवसायीहरु लाग्नुपर्ने भन्दै पर्यटन प्रवद्र्धनका सडक निर्माणको काम तीब्र रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सिद्धार्थ उवासंघका निर्वतमान अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भिष्म प्रसाद न्यौपाने व्यवसायिक सुरक्षा र पर्यटन विकासको बारेमा धारणा राखेका थिए । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । रत्ननगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र शर्मा आचार्य संचालन गरेको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेका थिए

- ADVERTISEMENT -