रत्ननगर वडा नं ३ मा खानेपानी सुरक्षा सम्बन्धी प्रशिक्षण

April 5, 2024
- ADVERTISEMENT -

सरस्वती लामा

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ मा शुक्रबार खानेपानी सुरक्षा र सरसफाई सम्बन्धी सचेतना मुलक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वडा समिति वडा नं ३ ले आयोजना गरेको सो कार्यक्रममा खानेपानी संरक्षण र स्रोतको संरक्षण, खानेपानीको सुरक्षा, महत्व, चुहावट नियन्त्रण, धारा जडान, पानीबाट सर्न सक्ने रोग र बच्ने उपाय तथा सरसफाईका बारेमा प्रशिक्षण दिइएको खानेपानी वडा संयोजक शम्भूभक्त थपलियाले जानकारी दिए । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सोहेन्द्रराज खरेलले वडा भित्रका २५ प्रतिशत घरधुरीमा धारा जडान बाँकी रहेको भन्दै आगामी आर्थिक बर्यमा विपन्न परिवारलाई धारा जडानमा अनुदान दिनेगरी बजेट विनियोजन गर्ने बताए ।

खानेपानीका अध्यक्ष माधव अर्यालले आगामी तीस बर्ष सम्म खानेपानीको संकट नहुने गरि पूर्वाधार निर्माण र स्रोतको संरक्षणको लागि काम सुरु भइसकेको बताए । खेरजाने पानीको संरक्षण गरी उपभोग योग्य बनाउने र सुक्दै गएका मुहान जोगाउन स्थानीय स्तरमै काम गर्नुपर्ने बेला भइसकेको उनको भनाई छ । कार्यक्रममा ईन्जिनियर ज्ञानप्रसाद पोडेलले खानेपानी सुरक्षा, स्रोत संरक्षण र सरसफाईका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा सामाजिक अगुवा राजेन्द्र कोइराला, छविलाल घिमिरे, जलदेवी टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण सिंखडा लगायतले मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रममा रत्ननगर खानेपानीका सचिव प्रताप डल्लाकोटी, कोषाध्यक्ष तथा पानी सुरक्षा समितिकी संयोजक सरस्वती लामा, लेखा समिति संयोजक जीवनलाल नहरकोटी, मेलमिलाप वडा समिति संयोजक शिला आचार्य लगायतको उपस्थिति रहेको थियो । खानेपानीका वडा संयोजक शम्भूभक्त थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा समितिकी सदस्य गीता सिंखडाले स्वागत मन्तब्य राखेकी थिइन् । वडा समितिका सचिव मनहरि खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -