रत्ननगरमा ललितपुर उवासंघको टोलीलाई स्वागत

April 5, 2024
- ADVERTISEMENT -

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष लगायत कार्यसमिति सदस्यको भ्रमण टोलीलाई स्वागत तथा व्यवसायिक विकासबारे छलफल गरिएको थियो । रत्ननगर उद्योग वाणिज्य संघका  अध्यक्ष शंकर गिरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा संघको सक्षिप्त जानकारी सहित स्वागत मन्तव्य राख्दै उनले व्यवसायीहरुले आर्थिक विकास संगसंगै व्यवसायिक हितका लागि साझा एजेण्डा सहित सहकार्य गर्नुपर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

व्यवसायिक संघ संगठनहरुले मात्र मेला महोत्सव गर्न र पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटन व्यवसायी बीच समन्वय गरी आकर्षक प्याकेज सहित छुटको व्यवस्था गरि व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । रत्ननगर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अनिलकृष्ण श्रेष्ठले निजी क्षेत्रको संलग्नता विना आर्थिक समृद्धि नहुने हुंदा सरकारले निजी क्षेत्रसंग होतेमालो गर्दै जानुपर्नेमा जोड दिँदै साना तथा मझौला उद्योगी व्यवसायीहरुको समस्यालाई महासंघमा लैजान आफु प्रतिवद्ध भएको बताए ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले भ्रमणको उद्देश्य सहित संघको सक्षिप्त जानकारी दिँदै उद्योगी व्यवसायीहरुको राजस्व नीति, कर प्रणाली र पर्यटन प्रवद्र्धनलगायतका विषयमा व्यवसायिक ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए । सो छलफल कार्यक्रममा आर्थिक अवस्था नाजुक भएको अवस्थामा व्यवसायीहरु बीच समन्वय गरि अगाडि बढ्नुपर्ने, बैक व्याज दर, नीजि क्षेत्रहरुको समस्याका लागि संस्थागत हल गर्र्न एकजुट भएर लाग्नु पर्नेमा जोड दिइएको थियो । रत्ननगर उद्योग वाणिज्य संघ र ललितपुर उद्योग वाणिज्य संघका व्यवसायीहरु बीच एक आपसमा परिचयात्मक कार्यक्रम सहित स्वागत गरिएको थियो ।

उक्त कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, ललितपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुको उपस्थितिमा छलफल कार्यक्रम आयोजना गरिएको हो । रत्ननगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -