साैराहामा मानव वन्यजन्तु सहअस्थित्व सम्बन्धी कार्यशाला

March 16, 2024
- ADVERTISEMENT -

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा देखि मानव वन्यजन्तु सहअस्थित्व सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएकाे छ ।

वन्यजन्तु संरक्षण सम्बन्धी समचारका विषयबस्तु पहिचानका लागि सहजीकरण गर्ने उद्देश्यले पत्रकारहरु सहभागी गराएर कार्यशाला आयाेजना गरिएकाे हाे । राष्ट्रिय प्रकृति संरक्षण काेष साैराहाले आयाेजना गरेकाे साे कार्यक्रम चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले उद्घाटन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

उद्घाटन कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानव वन्यजन्तु बीचकाे द्वन्द्वले संरक्षणमा चुनाैती थपिएकाे भन्दै यसकाे न्यूनीकरणकाे लागि समुदाय केन्द्रीत कार्यक्रम आवश्यक रहेकाे बताए ।

स्थानीयलाई संरक्षणमा प्रेरित गर्न अहिले सम्म भएका प्रयासले सार्थकता पाउन नसकेकाे उनकाे भनाई छ । राष्ट्रिय प्रकृति संरक्षण काेष साैराहाकि प्रमुख रचना शाहले मानव वन्यन्तु सहअस्थित्व समाजमा स्थापित गर्न सञ्चारकर्मीहरुलाई विषय बस्तु पहिचानका लागि कार्यशाला आयाेजना गरिएकाे बताए ।

कार्यक्रममा रमेश भूषालले विकासक्रम र पर्याबरणीय, अभय जाेशीले वन्यजन्तुका समाचारकाे पहिचान र राष्ट्रिय प्रकृति संरक्षण काेषका राजन पाैडेलले भालुका प्रजाती र संरक्षणमा भएका प्रयासहरुकाे बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्ज स्थापना, संरक्षणका प्रयास र उपलब्धीका बारेमा प्रस्तुती दिएका थिए ।

- ADVERTISEMENT -