रत्ननगर वडा नं ९ का विपन्न महिलालाई च्याउ खेती तालिम

March 19, 2024
- ADVERTISEMENT -

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ का महिलाहरुलाई च्याउ खेती सम्बन्धी तालिम दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा उद्यमशील महिला समूह वडा नं ९ वडा समितिले आयोजना गरेको सो तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

आर्थिक अबस्था कमजोर भएका विपन्न महिलाहरुलाई जीविकोपार्जनको आधार तयार गर्न तालिमको आयोजना गरिएको वडाध्यक्ष अनन्त अधिकारीले जानकारी दिए । समापन कार्यक्रममा वडा अध्यक्ष अधिकारी, उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

वडा समितिकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रम सचिव चिजा ढुंगानाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष भगवती भट्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य सविता चौधरी, वडासदस्य कमानसिंह चौधरी, शुष्म खड्काथोकी लगायतको सहभागिता रहेको थि

- ADVERTISEMENT -