अपाङ्गता भएका अधिकारीलाई ट्राइसाइकल प्रदान

April 1, 2024
- ADVERTISEMENT -

रत्ननगर । रत्ननगर नगरपालिकाले सोमबार एकजना अपाङ्गता भएका व्यक्तिलाई ट्राइसाइकल प्रदान गरेको छ । रत्ननगर वडा नं १४ निवासी ४३ बर्षीय बीरेन्द्र अधिकारीलाई ४० हजार मुल्यको ट्राइसाइकल प्रदान गरेको हो ।

नगरपालिकाको प्राङ्गढमा आयोजित औपचारिक कार्यक्रममा मेयर प्रलाद सापकोटा र उपमेयर यादबप्रसाद पाठकले अधिकारीलाई ट्राइसाइकल हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर सापकोटाले सहजरुपमा चलाउन सक्ने सवारी साधनको अभावका कारण अधिकारीको दैनिक जीवनमा अफ्ठयारो भएको थाहापाएपछि ह्विलचियर भन्दा स्तरीय ट्राइसाइकल प्रदान गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जन र जीविकोपार्जनमा सहयोग गर्दै आएको सो नगरपालिकाले अपाङ्गता भएकाहरुलाई ह्विलचियर वितरण गर्दै आएको छ । चालु आर्थिक बर्षमा सो नगरपालिले ५ जनालाई ह्विलचियर, ६ जनालाई सेतोछडी र एकजनालाई ल्यापटप वितरण गरेको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् ।

- ADVERTISEMENT -